भानु माविमा भानुभक्तको चर्चा

 

चितवन : आदिकवि भानु मावि नारायणगढमा साहित्यकारहरुले आदिकवि भानुभक्त आचार्यको सम्झना गरेका छन् । २०७ औं भानु जन्मजयन्तीको अवसर पारेर आयोजित भानु जयन्ती समारोहमा चितवनका साहित्यकारले भानुले साहित्यमा पु¥याएको योगदानको चर्चा गरे । कार्यक्रममा भनुभक्तद्वारा रचित रामायणको पाठ समेत गरिएको थियो । चितवन साहित्य परिषद्, नारायणी कला मन्दिर र आदिकवि भानु माविले कार्यक्रम आयोजना गरेको हो ।

साहित्यकार गोविन्दराज विनोदीले आदिकवि भानुभक्तले नेपाली भाषा, साहित्यलाई एकतावद्ध बनाउन महत्वपूर्ण योगदान पु¥याएको बताए । उनले भानुभक्तकोबारेमा थप खोजअनुसन्धानहरु हुनुपर्ने बताए । सो अवसरमा साहित्यकार कपिल अज्ञातले भानुभक्तको योगदानबारे चर्चा गरे ।

साहित्यकार डिडि शर्माले रामायण पाठगर्दा हलनै गुञ्जियो । विमोचित कृतिमाथि साहित्यकार केदारनाथ खनालले समीक्षा गरे । कार्यक्रममा विद्यालयले हरेक वर्ष भानु जयन्तीको अवसर पारेर प्रदान गर्ने स्रष्टासम्मानबाट यो वर्ष बरिष्ठ साहित्यकार प्रेमविनोद नन्दन सम्मानित भए । साहित्यकार गणेश श्रवण, सुरेन्द्र अस्तफल, मणिकुमार श्रेष्ठ, रेशमलाल श्रेष्ठ लगायतले भानुको सम्झनामा रचनावाचन गरे । यसैबीच, साहित्यकार तथा पूर्वशिक्षक भुवानीप्रसाद पौडेलद्वारा रचित ‘यात्रानुभूति’ कृतिको विमोचन समेत गरिएको थियो ।

जीवन र अनभूति (कविता संग्रह), टुल्की शोक काव्य लगायतका कृति प्रकाशन भैसकेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल कुँवर, कला मन्दिरका अध्यक्ष उद्धव जोशी, प्रधानाध्यापक विष्णुप्रसाद सापकोटा लगायतले भानुको सम्झना गरे । कार्यक्रम चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा भएको हो ।