फेरि वढ्यो सुनको मूल्य

काठमाडौं : सोमबार सुन चाँदीको मूल्य फेरि वढेको छ ।।छापावाल सुनको मूल्य तोलामा २ सयले उकालो लागेर ९२ हजार ३ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघ नेपालले जनाएको छ ।

आइतवार १ सयले घटेर ९२ हजार १ सयमा कारोबार भएको थियो ।

यस दिन चाँदीको भाउ पनि १० रुपैयाँले बढेर ९ सय ९० मा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रति औंन्स १८ सय ६ डलर हाराहारीमा कारोबार भैरहेको छ ।