नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

चितवन :  नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी रुपमा सवारी साधान सञ्चालनमा आएका छन् । भरतपुर २९ सत्रकिलो भन्ने स्थानमा भासिएको सडक मर्मत गरेपछि विहान साढे ११ बजेदेखि दुई तर्फि रुपमा सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार विहान ९ः१०बजेको समयमा सडक भासिएको थियो । अविरल वर्षाको कारण सडकखण्डको १।५ फिट पिच सडक भासिएको थियो ।