नारायणी नदीमा पानीको वहावले सतर्कता पार ग–यो, उच्च सतर्कता अपनाउन आग्रह

 

चितवन  : नारायणी नदी देबघाट बाढीमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागल सोमबार विहान ९ : ३० बजे नदीले जल सतह सतर्कता पार गरेको जनाएको हो । पानी वहाव बढ्दो रहेकाले चितवन र नवलपरासीको नारायणीको तटिय क्षेत्रमा बेलुका सम्मै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरिएको छ ।