१७ किलोमा सकड भासियो, नारायणगढ – मुग्लिन सडक एकतर्फी सुचारु

चितवन : नरायणगढ– मुग्लिन सडक भासिएको छ । रातभरको अविरल बर्षासंगै यस सडक खण्ड अन्तरगत चितवनको भरतपुर महानरपालिका वडा नम्बर २९ स्थित १७ किलोमा विहान ९ :१० बजे १.५ फिट सडक भासिएको हो ।
सडक भासिएपछि अहिले  सवारी साधन एकतर्फी मात्र सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक सुर्य बहादुर थापाले जानकारी दिनुभयो ।