तनहुँको ऋषिङमा पहिरो पाँच जना बेपत्ता

तनुहँ :  जिल्लाको ऋषिङ गाउँपालिका वडा नम्बर ८ मा गए राती गएको पहिरोले पाँच जना बेपत्ता छन्।

आइतबार राती करिब २ बजेतिर गएको पहिरोमा परी दुई घरपरिवारका पाँच जना पुरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए।

अहिले घटनास्थलमा नेपाल प्रहरी पुगेको छ।

बेपत्ताहरूको खोजि कार्य जारी रहेको उनले बताए। नदीमा पानीको बहाब बढेकोेले नदी किनार आसपास पनि समस्यामा रहेको उनले जानकारी दिए।

File photo