क्लिन चितवन अभियानको सत्रौँ दिन : फेरि सहिद स्मृती क्याम्पसमा सरसफाइ र बृक्षारोपण

चितवन :  सामाजिक कार्यमा सक्रिय चितवनका युबा अभियन्ताहरुले संचालन गरेको ६० दिने ‘ क्लीन चितवन,ग्रिन चितवन ,बेटर चितवन ‘अभियान संचालन गरेको आज सत्रौँ दिन पुगेको छ।

अभियानले आज रत्ननगर नगरपालिका -३ स्थित सहिद स्मृती बहुमुखी क्याम्पस परिसरमा सरसफाइ तथा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रममा कार्यक्रममा रत्ननगर नगरपालिका वार्ड न.३ का अध्यक्ष ,स्थानिय समाजसेवी , युवा प्रतिनिधिहरु, लगायत अभियानका अभियन्ताहरुको उल्लेखनिय सहभागिता रहेको अभियानका संयोजक सरोज ध्वज भण्डारीले बताए।

बोलेर होइन गरेर देखाउन सबै सरोकारवालालाई शन्देश प्रबाह गर्ने र आफ्नो ठाउँको बिकास आफैले गर्न सकिन्छ भन्ने उदाहरण दिन खोजेको र उक्त सोचमा प्रत्यक्ष र अप्रत्यक्ष साथ दिने सबैमा अभियानका संयोजक भण्डारीले धन्यबाद समेत दिएका छन् । यसअघि अभियानकै क्रममा यहाँ सरसफाई गरिएको थियो ।