सलहको नयाँ समुह भारतबाट नेपाल प्रवेश

काठमाडौं :सलहको नयाँ समुह भारतबाट पुनः नेपाल प्रवेश गरेको छ । आइतबार बिहान साढे ९ बजे दाङको गढवामा बसेको सलहको एउटा ठूलो समुह भारतबाट आजै नेपाल प्रवेश गरेको सलह सूचना केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार अन्य दुई समुह भने पहिल्यै नेपाल भित्रिएका र पुनः सक्रिय भएका छन् ।

आइतबार विहान साढे ९ बजे भारत उत्तर प्रदेशको सितापुर तथा बहराइन क्षेत्रमा रहेका सलह झुण्डहरुमध्ये एउटा झुण्ड दाङ जिल्लाको गढवा गाउँपालिकामा बसेको सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले जानकारी दिनुभएको छ ।