मिडिया उद्यमी पौडेल नेपाली कांँग्रेस चितवन कार्यसमितिमा मनोनित

चितवन : नेपाली कांँग्रेस चितवनको जिल्ला कार्यसमितिमा संचारउद्यमी एवं नेपाली कांँग्रेसका क्रियाशील सदस्य नवीनराज पौडेल मनोनित हुनुभएको छ । उनी चितवनका मिडिया उद्यमी हुन् । पार्टीको विधान, निर्देशन तथा निर्णयको अनुसरण गर्दै पार्टीले पौडेललाई आज आमन्त्रित सदस्यमा मनोनित गरेको हो ।

पौडेल लामो समयदेखि पार्टीको विभिन्न तह र तप्कामा रही काम गर्दै आउनु भएको छ । उहांँ नेपाली कांँग्रेस प्रचार विभाग सदस्यको रुपमा काम गरिसक्नुभएको छ भने लामोसमयदेखि पार्टीको प्रतिष्ठा, हित र संगठन विस्तार लगायतका काम गर्दै आउनु भएको छ ।