नेपालमा थप ८२ जनामा कोरोना संक्रमण

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा ८२ जना नयाँ संक्रमित थपिएका छन । यस सगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ४७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८ हजार ५ सय ८९ पुगेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वोर गौतमले बताउनुभयो ।

निको हुनेहरु ५१ दशमलव १ प्रतिशत रहेका छन।

पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १६ जनाको मात्र पीसीआर परीक्षण भएको छ । हाल २३ हजार ७ सय ८४ जना क्वारेन्टिनमा बसेका छन् ।

त्यस्तै ८ हजार १ सय ७४ जना आइसोलेसनमा रहेका छन् । अहिलेसम्म कोरोनाबाट ३८ जनाको मृत्यु भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। बासुदेव पाण्डेले नेपालमा संक्रमित भएकामध्ये शून्य दशमलव तीन प्रतिशतमा मात्र कोरोना भाइरसको संक्रमण देखिएको बताउनु भयो ।

उहाँले काठमाडौं उपत्यकामा संक्रमण बढ्दै गएको प्रति चिन्ता थपिएको बताउनुभयो ।

हालसम्म उपत्यकाका तीन सय ४७ जनामा संक्रमण भएको छ ।