खगेरी खाेलाकाे बाढीले रत्ननगरका विभित्र वडा डुबानमा

चितवन : अविरल वर्षा पछि खगरी खाेलामा बाढी आएको छ। खोलामा आएकाे बाढीले चितवनको रत्ननगर नगरपालिका ७ र ८ का विभिन्न स्थानहरु डुबानमा परेका छन्।

रत्ननगर ८ काे सुकुम्बासी टाेल, मनाेहरा राष्ट्रिय प्राथमिक विद्यालय, संहाति छेउकुना रेष्टुरेन्ट, हाेटल रेड रूफ , हाेटल न्यु न्युराे , हाेटल ग्रिन लज, हाेटल जंगल प्यालेस, दाेभान रेष्टुरेन्ट डुबानमा परेका छन।

त्यस्तै रत्ननगर ७ मा रहेकाे बिग बाेस रेष्टुरेन्ट , बैम्बाे कटेज रेष्टुरेन्ट र साैराहा सभाहल पनि डुबानमा परेकाे छ ।

रमाइलाे डाडामा अवस्थित झुलुङगे पुलमा पनि क्षति पुगेकाे छ ।

हरेक वर्ष खगरी खोला आउने बाढीले यी स्थानहरु डुबानमा पर्ने गरेका छन्।