जनताले आगामी वर्ष देखि नदि कटानवाट जोखिम समस्या भोग्न नपर्ने : प्रचण्ड

चितवन: नेपाल कम्युनिष्ट राजनीतिज्ञ र नेपाल कम्युनिष्ट पार्टी का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अव जनताले आगामी वर्ष देखि नदि कटानवाट जोखिम समस्या भोग्न नपर्ने वताउनुभएको छ ।आज काठमाडौ देखि सिधै चितवन आउनुभएका दाहालले चितवनका नारायणी नदीले कटान गरेको मेघौली र माडी क्षेत्रको अवलोकन गर्ने क्रममा यस्तो वताउनुभएको हो । छिट्टै राप्तीे र नारायणी कोरीडोर निर्माण गरेर नारायणी नदिको कटार छिट्टै हटाइने उहाले वताउनुभएको छ ।

देशभर अविरल वर्षाका कारण आएको वाढीले पुर्याको जोखिम स्थलको अवलोकन पश्चात गम्भिर हुनुभएका दाहालले अर्थ मन्त्रालयमा फाइल पुगेको र रिंगंरोड सहितको डिपिआर सम्पन्न भएको जानकारीे दिनुभएको छ । आफ्नै कार्यकालमा यो योजना पुरा गरि व्यवस्थित नारायणी र राप्ती सहितको रिगंरोड रमणीय क्षेत्र वनाइने दाहालले वताउनुभयो ।

आफ्नो विशेष कार्य थाती राखेर देशको समस्यालाइलाइ प्रमुख रुपमा लिइ समाधान गर्न सधै तत्पर रहने वताउदै दाहालले विश्वस्त रहन जनतालाइ आस्वासन दिनुभएको छ ।