घट्यो सुनको मूल्य

काठमाडौं :सुनको भाउमा शुक्रबार सामान्य कमी आएको छ ।पछिल्ला दिनहरुमा सुनको भाउ उकालो लाग्दै आएको थियो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले घटेर ९२ हजार २ सयमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार ९ सयले उकालो लागेर ९२ हजार ४ सयको उचाई कायम भएको थियो ।शुक्रबार चाँदीको मूल्य भने ९ सय ८० मा स्थीर रह्यो ।

अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रति औंन्स १७ सय ९६ डलर हाराहारीमा कारोबार भैरहेको छ ।