साउदीबाट स्वदेश फर्कने २ हजार ६६८ को नाम सार्वजनिक

काठमाडाैँ :  साउदीको रियाद र दमामबाट स्वदेश फर्कन चाहने नेपालीहरूको नामावली सार्वजनिक भएको छ । कोरोनाका कारण समस्यामा परेर स्वदेश फर्कनका लागि अनलाइन फरम भरेका २ हजार ६६८ जनाको नाम दूतावासले सार्वजनिक गरको हो ।

उक्त सूचीमा साउदीको दमामबाट स्वदेश फर्कन चाहनेको संख्या १ हजार ८८७ रहेको छ भने रियादबाट स्वदेश फर्कन चाहनेको संख्या ७८१ रहेको छ ।

साउदीस्थित नेपाली दूतावासमा प्राप्त भएको बहिर्गमन भिसा र रिइन्ट्री भिसा लागेका कम्पनी बन्द भई स्वदेश फिर्ताका लागि आवेदन दिएकामध्ये प्राथमिकताका आधारमा उनीहरू स्वदेश फर्किन पाउने भएको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आगामी दिनमा हुने उडानहरूबाट स्वदेश फर्कने पर्खाइमा रहेका बहिर्गमन भिसा र रिइन्ट्री भिसाका लागि २४ गते बुधबारसम्म राजदूतावासमा अनलाइनबाट आवेदन गरेका नेपालीहरूको नामावली दूतावासले सार्वजनिक गरेको हो ।

रियाद र दमामबाट आउँदा दिनमा हुने उडानको जानकारी सम्बन्धित निकायबाट प्राप्त भएपछि दूतावासले सार्वजनिक गर्ने जनाएको छ ।