जाजरकोटमा पहिरो : पाहुना गएका ४ सहित ११ जना बेपत्ता

जाजरकोट : जाजरकोटको बारिकोटमा गएराति पहिरो जाँदा दुई परिवारका ११ जना बेपत्ता भएका छन् । एकजनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेशनाथ बस्नेतका अनुसार स्थानीय गोपाल सार्कीको परिवारका चार र कालु सार्कीको घरमा चार पाहुनासहित आठजना बेपत्ता भएका छन् । उनीहरुको खोजी जारी रहेको एसएसपी बस्नेतले जानकारी दिए । लगातारको वर्षाका कारण कर्णाली प्रदेशका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।