कैलालीमा मात्रै काेराेना संक्रमित १ हजारनजिक, सुदूरपश्चिममा ३ हजार ७१७ पुगे

काठमाडाैँ  : सुदूरपश्‍चिममा कोरोना संक्रमितको संख्या ३ हजार ७१७ पुगेको छ । बुधबार ६७ संक्रमित थपिएसँगै संक्रमितकाे संख्या ३ हजार ७१७ पुगेको हो । पछिल्लो समय सुदूरपश्‍चिममा संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ ।

हालसम्म ९९३ जना काेराेना मुक्त भएका छन् । संक्रमितमा ८५५ महिला र २ हजार ८६२ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा हालसम्म ७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

संक्रमितमध्ये कैलालीका मात्रै ९८६ जना छन् । यस्तै अछामका ५८७, बैतडीका २९७ , बझाङका १४३, बाजुराका ४४४, डडेल्धुराका २६९, दार्चुलाका १८, डोटीका ५३३ र कञ्‍चनपुरका ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार २९९ जना अझै क्‍वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।