प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा चितवनमा बृहत जुलुस (भिडियो)

चितवन : चितवनका युवा विद्यार्थीहरु स्थिर सरकारको माग गर्दै सडकमा ओर्लिएका छन् । वर्तमान केपी ओली सरकार पाँच वर्ष निरन्तर चल्नुपर्ने माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

वर्तमान सरकारको पार्टीभित्रबाटै राजीनामा मागिएपछि त्यसको विरोधमा भरतपुरमा युवा, विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

 

प्रधानमन्त्री केपी शर्मा ओलिको समर्थनमा चितवनमा बृहत जुलुस

Gepostet von Sauraha online am Mittwoch, 8. Juli 2020

 

 

 

 

असारको चर्को घामको परवाह नगरी सयौ युवाहरु बुधबार दिउँसो भरतपुरको चौबीसकोठीमा राष्ट्रिय झण्डा, नेपालको नक्सा र केपी ओलीको फोटो सहित प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले स्थिरता झल्किने नारा अंकित प्लेकार्ड बोकेका थिए ।


भरतपुरको चौबिसकोठीदेखि चितवन मेडिकल कलेजको गेटसम्म विभिन्न प्लेकार्ड बोकेर लामबद्धरुपमा प्रदर्शन गरेका थिए । प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै नेपाल बार एसोसिएसन चितवनका अध्यक्ष कमल पाठकले देशले गुमाएको भूमिसहितको नेपालको नक्सा सार्वजनिक गरे लगत्तै पार्टीभित्रबाटै सरकारको राजीनामा माग गर्नु विडम्वना भएको बताउनुभयो ।


उहाँले प्रदर्शमा सहभागी कतिपयले केपी ओलीलाई समेत नचिनेको तर स्थिर सरकार चाहिन्छ भन्ने पक्षमा सडकमा आएको बताउँदै यो वा त्यो भन्दा पनि नेपालमा स्थिर सरकार हुनुपर्नेमा जोड दिनुभयो । देशको आर्थिक विकास र समृद्धिको लागि पनि केपी ओली सरकार पाँच वर्षसम्म चल्नुपर्ने उहाँको भनाई थियो ।