टिकौली ईको पार्कको सार्वजनिक सुनुवाई (भिडियो)

चितवन : पूर्वी चितवनको रत्ननगर–९ को वेलटाँडीमा पर्यापर्यटन विकास गर्ने उद्देश्यले निर्माण गरिएको टिकौली ईको कल्चर पार्कको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

 
टिकौली मध्यवर्ती सामुदायिक वन क्षेत्र भित्र निर्माण भएको पार्कमा नै आज स्थानिय जनसमुदायको उपस्थितिमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।
वागमती प्रदेश सरकार पर्यटन विकास आयोजना अन्र्तगत बहुबर्षिय योजना अन्र्तगत आ.व.२०७६ /७७ मा ४९ लाख ९५ हजार ३८ रुपैयाँ निर्माण सम्झौता भएकोमा ५१ लाख रुपैयाँ खर्च भएको हिसाबकिताब टिकौली मध्यवर्ती सामुदायिक वनका सचिव अनन्त अधिकारीले जानकारी गराए । यो पार्कमा रत्ननगर नगरपालिकाले आफनो विकास गुरु योजना भित्र राखेको पार्क पनि हो ।
रत्ननगर वडा नम्बर ९ का वडा अध्यक्ष रोशन आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न सार्वजनिक सुनुवाईमा सबै स्थानियले खर्च पासको अनुमोदन गरेका थिए । वन समुहका अध्यक्ष ईश्वरीप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, वन समुहका उपाध्यक्ष रामकृष्ण वगालेले स्वागत मन्तव्य व्यक्त गरेको र कार्यक्रममा वडा सदस्य मनबहादुर थापामगर, अनुगमन संयोजक नन्दलाल रेग्मी, लेखा संयोजक बलभद्र घिमिरेले लकडाउन विचमा वन समुहले गरेको पार्क निर्माणका कामलाई प्रंशसा गरेका थिए । साथै पर्यापर्यटन विकास लागि सबै वडाबासी एकजुट बन्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।
पार्क हाल पहिलो चरणमा मुलगेट, टिकटघर, कम्पाउण्ड वाल, फुड ट्रायल, संरक्षणकर्मी स्मृती स्तम्भ, गार्डेन चियर निर्माणसहित बगैचा लगायतको काम भएको वनका कार्यालय सचिव कृष्णप्रसाद आचार्यले जानकारी दिए ।