नेपालमा थप ७४० जनामा काेराेना पुष्टि,संक्रमितको संख्या १५ हजार पुग्याे

काठमाडाैँ :    नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ।

बिहीबार मात्र ७४० जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १५ हजार २५९ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना जित्नेको संख्या ६ हजार १४३ पुगेको छ।