गैडाकोट प्रहरीको सफलता : काग्रेँस चोकको सुन चाँदी पसल चोरी गर्ने ३ जना सार्वजनिक (भिडियो)

डोलराज रानाभाट, गैंडाकोट : गत फागुन १८ गते गैंडाकोट ४ काग्रेस चोकको मोनिका सुन चाँदी पसल चोरी गर्ने ३ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय गैंडाकोटले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

चोरी भएको झण्डै ४ महिनापछि पक्राउ पर्नेहरुमा दोलखा मेलुङ्ग गाउँपालिका १ स्थाई घर भई ललितपुुर महालक्ष्मी नगरपालिका ५ टिकथली राधा कृष्ण चोक वस्ने २४ वर्षीय अनुज लामा, सिन्धुपाल्चोक वाह्रबिसे नगरपालिका वडानम्वर ३ घर भई भक्तपुर जिल्ला सुर्यबिनायक नगरपालिका ८ वस्ने २८ वर्षीय तिर्थ बहादुर रुम्बा र काभ्रेपलान्चोक धुलीखेल नगरपालिका १२ घर भई भक्तपुर सुर्यविनायक नगरपालिका ८ सिपाडोल बस्ने ४० वर्षीय जितबहादुर तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व, इलाका प्रहरी कार्यालय गैंडाकोट, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा र महानगरीय अपराध महाशाखा काठमाण्डौबाट खटिएको संयुक्त प्रहरी टोलीले उपलब्ध प्रविधिबाट घटनास्थलमा अनुसन्धानको क्रममा देखिएका शंकास्पद मोवाइल नम्वर तथा जनशक्तिको माध्यमबाट चोरी गर्ने व्यक्तिहरुको खोजतलास गने क्रममा उनीहरुलाई पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय गैडाकोटमा आज आयोजित पत्रकार सम्मेलनमा एसपी दिपक रेग्मीले जानकारी दिनुभयो । पक्राउ पर्ने मध्ये एकले सुन लगेपछि पगालेर रड जस्तै वनाएर एकजनाको भागमा १० देखि १२ तोला वाँडेको वयान दिएको प्रहरीको भनाई छ । पूर्ण अनुसन्धानपछि सवै खुल्ने एसपी रेग्मीको भनाई छ ।

पक्राउ परेकाविरुद्ध यही असार १४ गतेबाट लागु हुने गरी डाँका चोरी मुद्दामा म्याथ थप गरी अनुसन्धान जारी रहेको उहाँको भनाई छ ।

उनीहरुको साथबाट सुनका विभिन्न गरगहना १२ तोला ५ प्वाइन्ट, चोरीकार्यमा प्रयोग भएका विभिन्न कम्पनीका ६ थान मोवाईल, फोडिएको अवस्थामा सेफ लकर, प्रदेश ३–०२–०१४ नम्वरको नयाँ स्कुटर एक थान , ठेला रिक्सा १ थान, खैरो रगको कपडाको पाईन्ट एक थान वरामद भएको छ ।
त्यस्तै सेफ फोड्नका लागि गल १, घन १, छिनो २ टेष्टर १ सलाई रेन्ची १ , सानो निलो बाल्टी १, ग्याँस रेगुलेटर सहितको अक्सिजन सिडिण्डर १ र सुन राख्न प्रयोग गरिने ट्र ६ थान वरामद भएको छ ।

घटना अनूभवि र धेरै सुन चोरीको घटनामा संलग्नहरुले नै योजनावद्ध चोरी भएको हुन सक्ने अनुमान प्रहरीले गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी दिपक रेग्मीले जानकारी दिनुभयो । घटनाको मुख्य योजनाकार देखि अन्य केही व्यक्ति पक्राउ गर्न वाँकी नै रहेको उहाँले बताउनुभयो । सुन व्यवसायीको सीसीटिभ फुटेजले नै घटनाको गहीराईमा पुग्न सफल भएकाले सम्पूर्ण व्यवसायीहरुलाई पसलमा सीसीटिभ जडान गर्न र विना वील कुनै पनि सुनका गरगहना नकिन्न अनुरोध गर्नुभयो । यदि विना विलको सुन विक्रि गर्न आए तुरुन्तै प्रहरीलाई खवर गर्न उहाँको आग्रह छ । घटनाको अनुसन्धानमा केही समय लागेपनि अव नजिक अजिक पुगेको भन्दै अन्य पनि चाँडै पक्राउ पर्ने बताउनुभयो ।

इलाका प्रहरी कार्यालय गैंडाकोटमा आयोजित पत्रकार सम्मेलनमा डिएसपी मोहन वहादुर खाँण, ट्राफिक प्रमुख मुनेन्द्र थापा, इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख इन्सपेक्टर चन्द्र वहादुर थापा लगायतको उपस्थिती थियो ।

प्रहरीले अनुन्धान गर्दैन भन्ने आरोप गलत हुने यो घटनाले प्रमाणीत गरेको पसलका संचालक उमेश गहतराजले बताउनुभयो । आफू स्वमय विना वर्दि प्रहरीसँग अनुसन्धानमा खटिदा प्रहरीको मेहनत देखेर परिपक्व अनुसन्धान हुनेमा आफू ढुक्क रहेको बताउनुभयो ।
गत फागनु १८ गते राती मुख्य राजमार्गको आडैमा रहेको मोनिका सुनचाँदी पसल फोडेर तयारी सुनका गरगहना ६९ तोला ५ लाल सुन र चाँदीका तयारी गरगहना १ किलो तथा नगद ७ लाख राखिएको सेफ लकर सहित चोरी भएको थियो ।