गण्डकी प्रदेशमा शुक्रबार ३२ कोरोना संक्रमित थपिए

पोखरा :  आज गण्डकी प्रदेशमा ३२ जना कोरोना भाइरस संक्रमित थपिएका छन ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार नवलपरासी ९सुस्ता पूर्व० का १९ जना, तनहुँका ९ जना, पर्वतका ३ जना र बागलुङका १ गरी कुल ३२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

भरतपुर अस्पताल चितवनमा गरीएको परीक्षणमा नवलपरासीको कावासोतीका ११ पुरुष र ३ महिला, मध्यबिन्दुका ४ पुरुष र एक महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

त्यसैगरी प्रदेश क्षयरोग केन्द्र पोखरामा गरीएको परीक्षणमा तनहुँको भिमादका २ र ऋषिङका ७ पुरुष रहेका छन ।

त्यस्तै पर्वतको विहादीका १, फलेबासका १ र पैयुँका १ पुरुष रहेका छन ।

त्यसैगरी बागलुङको जैमिनिका १ पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा।विनोद बिन्दु शर्माले जनाए अनुसार संक्रमित सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसनमा लगिएको छ ।