भरतपुर कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका एक सहित थप २१ जनामा कोरोना पुष्टि

चितवन  : भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालमा गरिएको परिक्षणमा थप २१ जनामा कोरोना पुस्टी भएको छ ।  पुर्बी नवलपरासीका १९, चितवन र पर्सा जिल्लाको १/१ जनामा विहिबार कोरोना पुष्टि भएको हो । चितवनकाृे भरतपुर महानगरपालिका वडा नम्बर ४ का ५० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भरतपुर महानगरपालिकाको क्वारेन्टिनमा रहेका ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको अस्पतलाले जनाएको छ।