टिपरको ठक्करबाट सेनाको मुत्यु

गोरखा  : बाह्र-किलो–गोरखा सडक खण्ड अन्र्तगत पन्ध्र किलोमा बुधवार टिपर र नेपाली सेनाको गाडी ठोक्किएर भएको दुर्घटनामा घाईते मध्ये एक जनाको ज्यान गएको छ ।

शरीरमा गम्भिर चोट लागेका नेपाली सेनाका जवान प्रेम परियारको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा बिहिवार मृत्यू भएको रणसिंह दल गण गोरखाका गणपति उज्वल केसीले बताए ।

उनी गोरखा पालुङटारका हुन् । अर्का गम्भिर घाईते रञ्जित रानाको उपचार भईरहेको छ । बा १ झ ५८०० नम्बरको सेनाको निसान जिपलाई बिपरित दिशाबाट आउँदै गरेको लु १ त ३८४६ नम्बरको टिपले ठक्कर दिएको थियो । टिपर चालक र टिपर प्रहरी नियन्त्रणमा छन् ।