कारोना अपडेट : चितवनमा ७६ जना पुगे कोरोना संक्रमित

चितवन : चितवनमा कोरोना संक्रमितको हुनेको संख्या ७६ पुगेको छ । बुधबार साँझ कालिका नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएसंगै चितवनमा कोरोना संक्रमितको संख्या ७६ पुगेको हो ।

जिल्लामा इच्छाकामना गाउँपालिका बाहेक सबै तहमा कोरोना देखिएको छ । सवैभन्दा बढि भरतपुर महानगरपालिकामा ३४जनामा देखिएको छ । त्यस्तै माडी नगरपालिकामा २९, राप्ती, खैरहनी, र कालिका नगरपालिकामा समान ४/४ र रत्ननगर नगरपालिकामा १ कोरोना देखिएको छ । त्यसमध्ये २२ जना डिस्चार्ज भएका छन् ।