टिकटकसहित ५९ चिनियाँ एप भारतमा प्रतिबन्ध

एजेन्सी : भारतमा टिकटकसहित ५९ चिनियाँ एफमाथि प्रतिबन्ध लागेको छ । भारत सरकारले डिजिटल स्ट्राईक भन्दै टिकटकसहित ५९ वटा विभिन्न चिनियाँ एपमाथि प्रतिबन्ध लगाएकाे हाे।

भारतमा मात्रै टिकटकका लगभग ३ करोड प्रयोगकर्ता छन् । टिकटक साना भिडियो क्लिप्सका कारण संसारभर लोकप्रिय बनिरहेको छ ।

सन् २०१८ को टिकटक सबैभन्दा लोकप्रिय एप हो । नेपालमा पनि यसको प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दो छ ।