मिष्टर एण्ड मिस चितवन एसइइ उपाधि विजेता अँतराष्ट्रिय प्रतियोगितामा जान पाउने

चितवन :  चितवनकै गरिमा बोकेको युवा लक्षित कार्यक्रम मिष्टर एण्ड मिस चितवन एसइइ २०२० सुरु भएको छ । अनलाइन अडिसन वाट छनोटमा परेका १० जना सहभागि सहित कार्यक्रम सुरु भएको आयोजक स.स्था मञ्जरी नेपालका अध्यक्ष बिशाल एच आलले बताउन्ु भयो । अनलाइन अडिसनमा आएका करिब २ सय ५० जना मध्ये १० जनालाइ मात्र अन्तिम प्रतियोगितामा सहभागि गराइएको हो ।
प्रतियोगिता अव ४५ दिन सम्म चल्ने कार्यक्रमकी अध्यक्ष अञ्जु श्रेष्ठले बताउनु भयो । कार्यक्रममा उपाधि विजेतालाइ आउदो अप्रिल २०२१ मा म्यानमारमा आयोजना हुने लिटिल मिस एण्ड मिष्टर वल्र्डमा सहभागिताको अवसर रहेको छ । यसका साथै कक्षाको निशुल्क छात्रवृत्तिको अवसर रहेको छ । विभिन्न पुरस्कार सहित अन्य २ जना रनर अप छनोट गरिने कार्यक्रमका निर्देशक ओमश्री रामदामले बताउनु भयो ।
सन २०१७ बाट सुरु भएको प्रतियोगिताको यो चौथ्यो सस्करण हो । कार्यक्रममा सहभागिको लागी टिर्सट वितरण गरिएको थियो । नेपाली कथानक चलचित्र माया बस्छ कि के हो ले प्रायोजन गरिएको टिर्सट वितरणमा चलचित्रका नायक सोनाल तामाड्ढ उपस्थित रहनु भएको थियो ।
कार्यक्रममा वाइ इभेण्टका सुरज शाह , सिनर्जी एफ एमका स्टेशन म्यानेजर रामकान्त पौडेलले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।