धान दिवसमा हंस प्राङगारिक कृषि फार्ममा रोपाई (फोटोफिचर)

सनतोष देवकोटा, चितवन : कोरोना संक्रमण र सलह किराको आक्रमणका वावजुद चितवनमा सोमबार १७ औं धान दिवस मनाईएको छ । धान दिवसको अवसरमा भरतपुर १५ स्थित हंस प्राङ्गारिक कृषि फार्म तथा अनुसन्धान केन्द्रमा रोपाई गरिएको हो ।

सो कार्यक्रममा गोरुको प्रयोगले मेलो वनाएर रोपाई गरिएको थियो ।  हंस वहुउदेश्यीय सहकारी सस्था लि. नारायणगढको आयोजनामा भएको उक्त कार्यक्रममा सहकारीका पदाधिकारी, विभिन्न समिति उपसमितिको पदाधिकारी, सहरकारीद्धारा संचालित कृषि फार्मका संचालक सदस्य एवं कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा वोल्ने वत्ताहरुले धान कृषि क्षेत्रकै मुख्य वाली भएको वताउँदै धानको उत्पादन वृद्धि नगरि कृषिमा आत्मनिर्भर हुन नसकिने वताउनु भएको थियो ।
हंस वहुउदेश्यीय सहकारी सस्था लि.का अध्यक्ष दिनेश कुमार चुकेले नेपाली समाजको मुख्य खाद्यवाली धान भएको वताउँदै आधुनिक कृषि प्रणालीमा ध्यान दिनुपर्ने वताउनु भयो । हंस प्राङ्गारिक कृषि फर्म तथा अनुसन्धान केन्द्रले नितान्त प्राङ्गारिक कृषि उत्पान गरेको वताउँदै उहाले स्वास्थ्यको हिसावले पनि प्राङ्गारिक कृषि उत्पादनको प्रयोमा ध्यान दिनुपर्ने वताउनु भयो ।
अझै पनि प्राङ्गारिक कृषि उत्पादनको उपयोगिताको वारेमा वुझाउन नसक्दा प्राङ्गारिक उत्पादनले राम्रो बजार पाउन नसकेको उहाको भनाई थियो । प्राङ्गारिक कृषि उत्पादनमा हंस सहकारी एक नमुना सहकारी वन्न सफल भएको वताउँदै उहाले अन्य संघसस्थाहरुले पनि प्राङ्गारिक खेती तर्फ जोड दिनु पर्ने वताउनु भयो । कार्यक्रममा प्राङ्गारिक कृषि उत्पादन अभियान्ता चन्द्रप्रसाद अधिकारीले प्राङ्गारिक उत्पादनको वारेमा प्रचार प्रसार आवश्यक रहेको वताउँदै कृषिमा आत्मनिर्भर हुनको लागि धान उत्पादनमा जोड दिनु पर्ने वताउनु भयो । कार्यक्रम शारदा शर्मा पौडेलले संचालन गर्नु भएको थियो ।