‘हुन्डाई फेसटिभ डिलाइट २०७६’ को विजेता घोषणा, दुई जनाले पाए कार

काठमाडौं : हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेसटिभ डिलाइट २०७६’ अफर योजनाको विजेता घोषणा गरेको छ । यो योजना अन्तर्गत १० जनाले ४ रात ५ दिनको दुबई भ्रमणको अवसर प्राप्त गरेका छन् ।

योजनाको पहिलो बम्पर लक्की ड्र अन्तर्गत शालिकराम अधिकारीले हुन्डाई सान्ट्रो प्राप्त गरे भने दोस्रो तथा अन्तिम बम्पर लक्की ड्र अन्तर्गत नागेश्वर प्रसाद शाहले हुन्डाई भेन्यू जित्न सफल भएका छन् ।

यो उपहार योजना २ भदौदेखि १७ कात्तिक २०७६ सम्म लागु गरिएको थियो । सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट, लक्की ड्र मार्पmत १० भाग्यशाली जोडीलाई ४ रात ५ दिनको लागि दुबई भम्रण तथा कार जिल्ने मौका थियो ।