भरतपुर अस्पतालका अध्यक्ष डा. अधिकारीको अनुरोध : कोरोना संक्रमितलाई स्थानीय तहमा नै व्यवस्थापन गरौँ

चितवन : भरतपुर अस्पतालले कोरोना संक्रमण देखिएका तर लक्ष्यण नदेखिएकाहरुलाई स्थानीय तहमानै व्यवस्थापन गर्न अनुरोध गरेको छ । अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले लक्ष्यण देखिएकाहरुलाई भने अस्पताल पठाउनु पर्ने बताउनुभयो ।

कोरोना संक्रमितको संख्या वढ्दै जाँदा अस्पतालको नियमीत सेवामा कठिनाई हुने भएकाले स्थानीय तहहरुलाई क्वारेन्टिन भएको ठाउँमा आईसोलेसनको व्यवस्थापन गरेर राख्न अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो । जिल्लाको माडी नगरपालिकाले त्यही आईसोलेसन निर्माण गरेर संक्रमण देखिएकाहरुलाई राख्दै आएको छ । हाल माडीमा २० जना संक्रमित रहेका छन् ।

अधिकारीका अनुसार तनहुँ, नवलपरासी (त्रिवेणी–सुस्ता पूर्ब)बाट संक्रमण भएकाहरुलाई पठाउने गरेकोमा लक्ष्यण नदेखिएकालाई नल्याउन अनुरोध गरिएको छ । पछिल्ला दिनहरुमा संक्रमित त्यहीको आईसोलेसनमा राखिएको छ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले अस्पतालका सबै सेवा नियमीत भएको बताउनुभयो । उहाँका अनुसार टाढा–टाढाबाट बिरामीहरु उपचारका लागि अस्पताल आउने गर्दछन् ।
संक्रमण भएकाहरुलाई छुट्टै बाटो र ठाउँ वनाईएकाले अन्य बिरामीलाई कुनै समस्या नरहेको तिवारीले जानकारी दिनुभयो । उहाँले सरकारी अस्पतालमा सस्तोमा उपचार पाउने भएकाले बिरामीको आकर्षण वढि हुने गरेको भन्दै संक्रमितको संख्या कम भएमा व्यवस्थापनमा सहज हुने वताउनुभयो ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार हाल सम्म भरतपुर अस्पताल र यसकै मातहतको कोरोना अस्पतालमा ४२ जना संक्रमित उपचारका लागि आएका थिए । जस मध्ये २ जनाको मृत्यु, ३१ जना उपचार पछि घर फर्किएको र १६ जना हाल उपचाररत रहेको बताउनुभयो ।