चीनले नेपाली भूमि अतिक्रमण गरेको प्रतिवेदन कुन कारखानामा तयार भयो खोजी गर्दैछौं : परराष्ट्रमन्त्री

काठमाडाैँ :   परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनले नेपाली भूमि अतिक्रमण गरेको भनिएको प्रतिवेदन कुन कारखानामा बन्यो भनेर खोजी भइरहेको बताएका छन् ।

राष्ट्रियसभाको सोमबार बसेको बैठकमा विषय समय लिएर परराष्ट्रमन्त्री ज्ञवालीले चीनले सात स्थानमा नेपालको सीमा मिचेको भनेर आएको समाचारको खण्डन गरेका छन् ।