म बटुवा होइन, बाटो हुँ !

म बटुवा होइन, बाटो हुँ !
मलाई कहि पुग्नु छैन,
म यात्री होईन यात्रा हुँ !
मलाई कसैले देखेन भन्ने दुस्ख छैन्, हावाले बाचेको मान्छेले पनि त्यो हावालाई देख्दैन!
मलाई ओत दिएनन् भन्ने दुस्ख छैन, रुखले पनि त्यो घाम पानीमा छाता ओड्दैन।
म माटोले बोकेको गर्व हुँ,
सुर्यले देखेको सपना,
म नदिले जोडेको सम्बन्ध हुँ ! हावाले भत्काएको सिमना,
म आकाशले अङ्गालेको अस्तित्व हुँ !
हार्ने म होइन म त हारेको म लाई देख्ने मान्छे हुँ !
जितने म होइन म त जितेको मलाई देख्ने मान्छे हुँ !
हुने म होइन म त भएको म लाई देख्ने मान्छे हुँ !
म तिम्रो किन हुनु परियो,
मलाई त आफ्नै हुनु छैन!
मलाई त उस्को हुनु छ जसको भइसके पछि अरु कसैको हुनु पर्दैन।।

गणेश गदाल, ठुलिपोखरी पर्वत