अध्यक्ष देवी ज्ञावाली भन्छन् : तीन बर्षमा भूमि समस्या समाधान गर्नेछु

चितवन : भुमि सम्वन्धि समस्या समाधान आयोगका अध्यक्ष देवि ज्ञवालीले आफूले प्राप्त गरेको जिम्मेवारी अनुसार तोकिएको तीन बर्षको अवधिभित्र काम गरेर भूमि समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आईतबार चितवनको रत्ननगरमा नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनले गरेको अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष ज्ञवालीले डिजिटल प्रणालीको सहयोगले वास्तविक सुकुम्बासीको पहिचान गरेर भूमिहिन सुकुम्वासीहरुको समस्या समाधान गर्ने बताएका हुन ।

अध्यक्ष ज्ञवालीले आयोगले स्पष्ट नीति, कानून तथा मापदण्डको व्यवस्था गरेर मात्र कार्यक्रम लागू गर्ने भएकाले पदीय दुरूपयोगको अवस्था नआउने विश्वास समेत व्यक्त गरे । उनले अघिल्लो पटक गठन भएका आयोगहरुमा स्पष्ट नीति नभएको गर्दा समस्या उत्पन्न हुने गरेको भएपनि यस पटक नीतिको कुरामा स्पष्ट रहेको बताए । उनले गरिब, भूमिहीन, पीडित र भूमिमा रगत पसिना बगाउनेहरुप्रति आँफ्नो नजर सधैं परिरहने बताउँदै भूमिहिन जनताको सर्वपरी हितलाई ध्यानमा ध्यानमा राखेर काम अगाडि बढ्ने बताए ।

संविधानले दलित, उत्पीडित, भूमिहीन जनतालाई भूमिको अधिकार मौलिक हकका रुपमा उल्लेख गरेको भन्दै ज्ञवालीले संविधानले दिएको अधिकार उपयोग गर्नबाट कोही पनि बञ्चित हुनु नपर्ने बताए । देशमा हाल सम्म ११ लाख सुकुम्बासि रहेको भन्दै अब आक्रो आयोग गठन गर्न नपर्ने गरि आँफुहरुले काम गर्ने अध्यक्ष ज्ञवालीले बताए । आयोगले गलत बिवरण पेशगरि सुकुम्बासिको नाम्मा जग्गा लिएको थाहा पाए पाँच बर्ष कैद र निजको जग्ग सरकारले जफत गर्ने कानुन ल्याउने तयारी गरेको छ ।

आयोगले प्रत्यक जिल्लामा जिल्ला आयोग गठन गरेर जिल्लाका प्रत्यक पालिकासँग सहकार्य गरेको सुकुम्बासिलाई ब्यबस्थीत गर्दै छ । लकडाउन र कोरोनाका कारण तत्काल जिल्लामा आयोग बिस्तार गर्न समस्या रहेको भन्दै यस महामारी पछि आँफुले जिल्लामा आयोग गठन गर्ने अध्यक्ष ज्ञवालीले बताए । आयोगको २०७६ को निर्देशिका र कार्योजना बिषयक अनर्तक्रिया कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वनले आँफुहरु सुकुम्बासि ब्यबस्थापनको काममा लागि सकेको बताए । मेयर वनले आयोग गठन पहिलेनै रत्ननगर भित्र बसोबास गर्दै आएका सुकुम्बासिको तथ्याङ संकलन गरेको भन्दै अब आयोग गठन भईसकेको अवस्थामा आयोगलाई काम गर्न सहज हुने बताए ।