हेटौँडामा घन्कीयो “राजा आउ देश बचाउ” नारा

 

हेटौँडा । मकवानपुरको हेटौँडामा आज बिहान राजावादी युवाको समूहले राजतन्त्रको पक्षमा नाराबाजी गरेका छन् । नेपालको राष्ट्रिय झण्डा सहित बुद्धचोकमा उपस्थित भएका दर्जन बढी युवाहरुको जमातले “राजा आउ देश बचाउ” सहित एमसिसि मुर्दावाद, भ्रष्ट्रचार मुर्दाबाद लगाएतका नाराबाजी गरेका थिए ।
पुर्वराजा ज्ञानेन्द्र शाह तथा पुर्व रानी कोमल शाहको तस्बिर अंकित टिसर्ट लगाएका युवाको समुहले केहिबेर बुद्धचोकमा प्रर्दशन गरि हेटौँडा बजार परिक्रमा गरेका थिए ।