कट्नु खोलामा पुरुषको शव फेला पर्‍यो

विराटनगर  : मोरङको रतुवामाईमा खोलामा पुरुषको शव फेला परेको छ ।

रतुवामाई नगरपालिका–५ सौठा गोबिन्दपुर सडक खण्डमा पर्ने कट्नु खोलामा शनिबार बेबारिसे अवस्थामा स्थनीयले शव तैरिंदै गरेको देखेका थिए ।

स्थानीयले इलाका प्रहरी कार्यलय सिजुवालाई जानकारी गराएपछि प्रहरीको टोली पुगेको थियो ।

अन्दाजी ३५ वर्षको तराई मुलको जस्तो देखिने पुरुषको शव रंगेली अस्पतालमा पोस्टमार्टमको लागि पठाइएको प्रहरीले जनाएको छ ।