शव व्यवस्थापनमा संलग्न सुरक्षाकर्मीमा कोरोना पोजेटिभ

कमल अधिकारी, पाल्पा : पाल्पामा कोरोना भाइरसका कारण मृत्यु भएका पुरुषको शव व्यवस्थापनमा संलग्न सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको पूर्वखोला गाउँपालिका १ सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना भाइसरका कारण मृत्यु भएपछि उनको शव व्यवस्थापनमा संलग्न नेपाली सेनाका दुईजना जवानमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

शव व्यवस्थापनमा सहभागी भएका तानसेन नगरपालिका ६ स्थित नेपाली सेनाको गोखदल गणका ३३ र ३४ वर्षका पुरुषको पिसिआर परीक्षणको क्रममा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रकास पन्थीले जानकारी दिए । उनीसंगै शव व्यवस्थापन कार्यमा संलग्न एकजना पुरुषको भने कोरोना नेगेटिभ आएको पनथीले बताए ।

स्वास्थ्य मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधि अनुसार सुरक्षा सावधानी अपनाएर शव व्यवस्थापन गरिएको भएपनि सोही समयमा भिषण वर्षा भएको हुँदा र्याल चुहिएर संक्रमण फैलिएको हुनसक्ने सूचना अधिकारी पन्थीले बताए । शव व्यवस्थापन देखि नै उउनीहरुलाई आइशोलेशनमा राखिएको छ । उनीहरु सुरुदेखि नै सुरक्षीत तरिकाले आइसोलेशनमा बसेको हुँदा गणमा संक्रमणको कुनै जोखिम नरहेको गोरखदल गणका सेनानी मनोज डंगोलले जानकारी दिए ।