तनहुँका एसपी पौडेलले भने : कोरोना, लागुऔधष, गुण्डागर्दी र अपराध नियन्त्रणमा खरो रुपमा उत्रिए

दमौली : बाँके जिल्लामा सफल बनेका एसपी अरुण पौडेलले जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी प्रमुखका रुपमा बाघडोर समालेका छन् ।

बाँकेपछि वागमती प्रदेश प्रहरी कार्यालयमा समेत आफ्नो अलग पहिचानसगैँ उत्कृष्ट कार्य गरि सफल बनेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेलले कोरोना, लागुऔधष, गुण्डागर्दी र अपराध नियन्त्रणमा खरो रुपमा उत्रिने बताएका छन् ।
तनहुँको प्रहरी प्रमुखका रुपमा बाघडोर समालेसगैँ एसपी पौडेलले आज यहाँ पत्रकार सम्मेलन गर्दै पछिल्लो समय प्रविधिको विकासका कारण समाजमा अपराधका घटना बढ्दै गएकोले यस्तो अपराध नियन्त्रणलाई विशेष रुपमा चासो राखिने बताए ।
गुण्डागर्दी र जघन्य अपराध नियन्त्रणलाई विशेष प्राथमिकता राख्नेर काम गर्नेछु उनले भने, गुण्डागर्दी र जघन्य अपराध प्रहरीका लागि नभई सिङगो जिल्लाबासीका लागि चुनौतीको विषय छ ।
उनले खासगरी गुण्डागर्दी र जघन्य अपराधमा संलग्न व्यक्तिहरुलाई विभिन्न ठाउँबाट संरक्षण रहने भएता पनि आफू भने त्यसको प्रभावमा नपर्ने समेत प्रहरी प्रमुख पौडेलको भनाई रहेको छ । यस्तै उनले लागुऔषध, फरार अभियुक्त पक्राउ लगायत जिल्लामा सुशासन कायम गर्न कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता पनि जनाए ।

लागुऔषधसहित फरार अभियुक्त पक्राउ, चौरी तस्कर र गुडागर्दी नियन्त्रण, ट्राफिक व्यवस्थापन, घरेलु हिंसा, बैकिङ्ग कसुर, जुवातास, यौन व्यवसाय, अवैध मदिरा लगायतका अपराधिक कार्यहरुमा समेत एसपी पौडेल थप कठोर बन्ने सो अवसरमा उनले स्पष्ट पारे ।

साइबर क्राइम लगायत पुराना आपराधिक घटनाहरुको अनुसन्धान गरी अपराधीलाई कानुनको दायरामा ल्याउन समेत कुनै कसर बाँकी राख्दीन पौडेलले भने त्यसैगरी हालको संक्रमणको घडीमा आइसोलेसन देखि क्वारेन्टाइनहरु रहेको स्थानमा सुरक्षा व्यवस्था मिलाउन समेत प्रहरी विशेष भूमिका निर्वाह तनहुँ प्रहरीले गर्ने छ ।
साथै उनले यस्तो अपराध नियन्त्रणमा आम नागरिकहरु समेत सचेत हुनु जरुरी रहेको बताए । उनले प्रविधिको विकाससँगै बढ्दै गएको साइबर अपराध नियन्त्रण प्रमुख चुनौती बनेको उल्लेख गरे । पौडेलले प्रहरी सफल हुन विना बर्दीका प्रहरी नागरिकको महत्वपूर्ण भूमिका हुने बताए ।
अपराध नियन्त्रण प्रहरीको मात्र एकल विषय नभएको भन्दै प्रहरी उपरीक्षक पौडेलले प्रहरीलाई नागरिक समाजको निरन्तर सहयोग चाहिने उल्लेख गरे। आफू भर्खरै मात्र तनहुँमा आएकोले अघिल्ला प्रहरी नेतृत्वले अघि सारेका राम्रा कामलाई निरन्तरता दिँदै प्रहरी संगठनलाई भरोसायोग्य बनाउन लागिपर्ने उनले वताए ।

त्यस्तै प्रहरी प्रमुख पौडेलले लागू औषधको नियन्त्रण तथा सवारी दुर्घटना न्यूनीकरणको विषयमा समेत विशेष प्राथमिकता दिने समेत बताए । त्यसैगरी जिल्लाका विभिन्न स्थानमा हुने नदीजन्य सामाग्रीको अवैध उत्खनन रोक्ने विषयमा प्रशासन र स्थानीय तहहरु संग समन्वयकारी भूमिका निर्वाह गर्ने समेत प्रहरी पौडेलको भनाई थियो । त्यस्तै प्रहरीलाई नागरिक मैत्री व्यवहार अवलम्बनमा समेत अभिप्रेरित गर्ने प्रमुख पौडेलको भनाई थियो । यसअघि उनले बाकेँमा रहदाँ लागुऔषधसगैँ गुण्डागर्दी विरुद्ध शुन्य सहनशिलताका साथ उत्कृष्ट कार्य गर्दै सफल एसपी बनेका थिए ।  सोही अवसरमा कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) युवराज तिमिल्सीनाले कार्यक्रम सञ्चालन गरेका थिए ।