इण्डो चाइना युद्धको संघारमा : एक नेपाली मर्दा अर्को नेपाली खुसी हुने दिन नआओस्

 

रमेश कार्की – इण्डो चाइना दुई देशका सैन्य अधिकारीहरु बिच वार्ता भैरहेको भन्ने समाचारहरु आइरहेका बेला पूर्वी लद्धाखको गल्वान क्षेत्रमा हिंसात्मक झडप हुन पुग्यो । गल्वान चीन र भारतको सीमा रेखाको क्षेत्र हो । यहाँ दुवै पक्षबीच सन् १९७५ देखि तनाब रहे पनि झडपमा भारतीय सेनाको ज्यान गएको यो पहिलो पटक हो । त्यस यता थुप्रै चरणका वार्ता भए तर पनि तनाव भने कायमै रहेको छ ।

एक उच्छ सैनिक अधिकारी सहित २० जना भारतिय सेनाहरुको ज्यान जानेगरी भएको उक्त झडपमा गोली नचलेपनि ढुङगा, लाठी र अन्य धारिलो हतियार प्रयोग भएको हुनसक्ने बताइएको छ। पछिल्लो ४५ बर्षमा भारत र चीनको सीमा एलएसीमा पहिलो पटक यति ठूलो हिंसात्मक झडप हुन पुग्यो । दुई देश युद्धको अवस्थामा रहेपनि कुटनीतिक र सैन्य अधिकारीहरुको वार्ताको माध्यमबाट सीमाको विवाद सुल्झाउन लागिरहेको बेला यो हिंसात्मक झडप भएको हो।

यदि इण्डो-चाइना युद्ध भएमा त्यसको असर हामीलाई समेत पर्नेछ । सन १९६२ को इण्डो-चाइना युद्धकै बखत कालापानीमा भारतीय सैनिक क्याम्प स्थापना भएको थियो । त्यतिबेला पनि भारत चीनसंग हारेको थियो । चीनले युद्ध जितेको थियो तर हाम्रो भुमी आजसम्म भारतको नियन्त्रणमा छ । भारत हार्‍यो चीन जित्यो भुमी हाम्रो गयो । न हार्नेले हामीलाई फिर्ता गर्‍यो न जित्नेले फिर्ता गर्न दबाब दियो । हाम्रो भुमी हामी आफैंले फिर्ता लिने हो । हामीले अरुको सामर्थ्य र पौरखमा होइन आफ्नै सामर्थ्य र कुटनैतिक कौशलताबाट आफ्नो अतिक्रमित भुमी प्राप्त गर्ने हो । त्यसैले हामी खुशी हुनु जरुरी छैन । बरु युद्ध हुँदा गोर्खा रेजिमेन्टमा भएका नेपाली दाजुभाइहरु नै अग्रमोर्चामा लड्ने हुन र पिडा नेपाललाई नै हुने हो । त्यसैले शान्तिको कामना गरौं समस्याको समाधान वार्ता र संवादबाट निकाल्न सफल होउन ।

भारतको कुनै यस्तो युद्ध छैन जुन गोर्खा सैनिकले नलडेको होस् । हामिले सुगौली सन्धी अनुसार भारतको सेवा अनुरुप आफ्नो ईमानदारिताका साथ् ड्युटी निभाएको छौ। तर भारतिय सरकारले हाम्रो त्याग र बहादुरी लाई कतै सम्मान नगरेको महशुस भएको छ। हामी गोर्खा सेनाले सन १६१८ देखि भारतको लागि पूरा कर्तब्यको साथ साथ दिदै आएका छौ। अझै कुनै संकोच नराखिकन ईमान्दारीको साथ साथ दिन तयार छौँ तर यो घडीमा हामी चालीस हजार गोर्खा सेना दुबै देशको कुटनैतिक पहल बाट केही समाधान र शान्तिको प्रतीक्षा गरिरहेका छौँ । विभिन्न सन्धी सम्झौता बाट बेचिएका हजारौं नेपाली युवाहरु मारीएको खबर सुन्दा नेपाली नै खुसी हुनुपर्ने दिन कहिल्यै नआओस् ।

(लेखक भारतिय सेनामा कार्यरत चितवनका युवा हुन । )

Facebook1,443TwitterEmail