भारतमा दैनिक १७ हजार संक्रमित थपिदै

एजेन्सी :  नोभेल कोरोना भाइरस संक्रमितको संख्याका आधारमा भारत चौथो नम्बरमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ४ लाख ९० हजार ४०१ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा १७ हजार २९६ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ४०७ जनाको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ हजार ३०१ पुगेको छ ।

भारतमा जुन ३० देखि रेलवे सेवा सुरु गर्ने भनिए पनि बिहीबार भने अगस्ट १२ अघि पूर्णरुपमा सञ्‍चालन नहुने बताइएको छ । मुख्य सहरमा विशेष रेलसेवा भने मेमध्येदेखि सुरु गरिएका थिए ।भारतमा लकडाउन खुकुलो बनाइएको छ ।