सुशान्तबिना नै ‘दिल बेचारा’ रिलिज गर्छु भनेर सोचेकै थिइन : मुकेश छाब्रा

एजेन्सी :    स्व. अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम चलचित्र ‘दिल बेचारा’ का निर्देशक मुकेश छाब्राले बिहीबार इन्स्टग्राममा एक भावुक पोस्ट गरे ।

चलचित्रको डिजिटल रिलिज मिति घोषणा भएसँगै निर्देशक छाब्राले भावुक हुँदै आफ्नो चलचित्रको अभिनेता तथा साथी सुशान्तलाई सम्झिएका हुन् ।सुशान्तबिना नै उनी अभिनित चलचित्र रिलिज गर्नुपरेकोमा दुःख व्यक्त गर्दै छाब्राले सुशान्तले आफ्नो डेब्यु चलचित्रमा अभिनय गर्ने वाचा पूरा गरेको पनि सम्झिए ।

छाब्राले लेखेका छन्, “सुशान्त मेरो निर्देशकीय डेब्यु चलचित्रका अभिनेता मात्रै नभई हरेक सजिलो अनि गाह्रो समयमा मलाई सधैँ साथ दिने मेरो प्रिय साथी हो ।

हामी ‘काइ पो चे’ देखि ‘दिल बेचारा’ सम्म पनि नजिक भइरह्यौं । उसले मेरो पहिलो चलचित्रमा हुन्छु भनेर वाचा गरेको थियो । कैयौं सपनाहरू सँगै देख्यौं, कैयौं योजनाहरू सँगै बनायौं, तर मैले कहिल्यै पनि सोचिन कि ऊ बिना नै यो चलचित्र रिलिज गर्नेछु भनेर ।”

उसले आफूप्रति देखाएको अपार माया र साथलाई धन्यवाद दिनु योभन्दा राम्रो मौका नहुने भन्दै निर्माताहरूले यो चलचित्र हरेक दर्शकले हेर्न सक्ने बनाएकोमा धेरै धन्यवाद व्यक्त गरे ।

उनले थपे, “साथी म कल्पना गर्नसक्छु, माथिबाट आफ्नो मिठो मुस्कानसहित आशीर्वाद दिइरहेको हुनेछौं, धेरै माया तिमीलाई ।”

कास्टिङ डिरेक्टर छाब्राको यो निर्देशकीय डेब्यु चलचित्र हो । २४ जुनमा डिज्नी प्लस हटस्टारमा रिलिज हुन लागेको यस चलचित्रमा सन्जना सान्घीको डेब्यु रहेको छ भने अभिनेता सैफ अलि खान पनि रहेका छन् ।

चलचित्र २०१३ मा रिलिज भएको अंग्रेजी चलचित्र ‘द फल्ट इन आवर स्टार्स’ को हिन्दी रिमेक हो ।
(इन्डियन एक्सप्रेस)