भरतपुरमा मेयर रेनुको हरियाली अभियान तीव्र, विभिन्न प्रजातिका ३ सय विरुवा रोपियो

 

चितवन : चितवनको भरतपुर महानगरपालिका हरियाली अभियानलाई यो बर्ष पनि निरन्तरता दिईएको छ । भरतपुर महानगरको मेयर रुपमा आएसगैँ मेयर रेनु दाहालले थालेको एक महत्वपूर्ण अभियान अन्र्तगत हरियाली अभियान यो बर्ष पनि जारी राखिएको हो ।
अभियान अन्र्तगत महानगरको खाली क्षेत्रसगैँ अन्य ठाँउहरुलाई समेत वृक्षारोपण गर्दै हरियाली अभियान मेयर रेनुदले थालेकी थिईन् । यो बर्ष पनि विश्व वातावरण दिवसको अवसर पारेर मेयर रेनु दाहाललले कार्यालय परिसरबाट बृक्षारोपण गर्दै अभियानको थालिनी गरेकी थिईन् । सोही क्रममा आज भरतपुर महानगरपालिका १ रामनगरमा बृक्षारोपण गरिएको छ । महानगरलाई सुन्दर र हरियाली बनाउनका लागि शनिबार बिहान बृक्षारोपण गरिएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रामनगरस्थित ईलाका ट्राफिक कार्यालय रामनगर नजिक करिब ३ सय वटा बिभिन्न जातका विरुवाहरु रोपिएको हो । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले रुद्राक्ष र पिपलको विरुवा रोपेर बृक्षारोपण कार्यक्रम शुभारम्भ गरेकी थिईन् ।
सो अवसरमा बोल्दै मेयर दाहालले महानगरलाई हरियाली बनाउने योजना अनुरुप नै बृक्षारोपण गरिएको बताईन् । वातावरण संरक्षण विना मावन जिवन सम्भव नरहेको भन्दै उनले वृक्षारोपण अभियानले यसको संरक्षणमा ठुलो भूमिका खेल्ने बताईन् ।
दाहालले महानगर भित्रका सबै वडामा यसरी नै बृक्षारोपण गर्नुपर्नेमा जोड दिईन् । मनगर बजार व्यवस्थापन समितिका अध्यक्ष तारा कुँवरका अनुसार कपुर, पिपल, अमला हर्रो, बर्रो, रुद्राक्ष, अमिलो, म्याग्रो स्ट्रिज लगायत ३ सय जातका विरुवा रोपिएको हो । यो अभियान महानगरका २९ वटै वडामा जारी रहेको उनको भनाई थियो ।