चितवनको चौविसकोठी चोकमा शान्तिपुर्ण विरोध प्रदर्शन (फोटोफिचर)

 

चितवन : चितवनको चौविसकोठी चोकमा सरकारको पछिल्लो कामको विरोधमा शान्तिपुर्ण विरोध प्रदर्शन गरिएको छ । कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन माग गर्दै चितवनको युवाहरु सडकमा विभिन्न विरोधका प्ले कार्ड प्रर्दशन गर्दै विरोध गरेका थिए । प्रदर्शनकारीहरुले आरडीटी किटबाट भइरहेको परीक्षण बन्द गर्न, दश अर्ब कोई खोई ? , पीसीआर प्रविधिबाट परीक्षण गर्न लगायतका माग राख्दै विरोध गरेका हुन्।   
त्यस्तै १४ दिनसम्म लक्षण नदेखिएका कोरोना संक्रमितलाई पुनः परीक्षण नै नगरी घर पठाउने सरकारी नीतिको पनि विरोध गरेका छन्। यस्तै यसअघि हिजो बालुवाटार अगाडि भएको शान्तिपुर्ण जुलुसलाई सरकारले दमन गरेको थियो । जसको फलस्वरुप आज देशभर बिरोध शुरु भएको छ । मंगलबार  प्रधानमन्त्री निवास बालुवाटार अगाडि गरिएको शान्तिपुर्ण विरोध प्रदर्शनमा सहभागी विद्यार्थीसहित अन्य सर्वसाधारणमाथि प्रहरीले लाठी चार्ज गर्नुका साथसाथै पानीको फोहोराले आक्रमण गरेको थियो । तस्वीर : रामकुमार श्रेष्ठको फेसबुक