शसस्त्र प्रहरीको गढीमाई बाहिनीद्धारा विपन्न ५ सय जनालाई माक्स सहयोग (फोटोफिचर)

 

चितवन : लकडाउनको समयमा पनि शसस्त्र प्रहरीले कोरोना सेचतनासगैँ माक्स वितरण गर्ने अभियान चितवनमा राखेको छ । सशस्त्र प्रहरी बल ३ नम्बर गढीमाई बाहिनी मुख्यालय¸चितवनका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण भक्त ब्रम्हचार्यले कोरोना भाईरस विरुद्धको सचेतनामा शहरदेखि गाउँसम्म जारी राखेका हुन् । गाउँका स्थानीयबासीहरुलाई कोरोना भाईरस (कोभिड–१९) रोकथामका लागि घरबाहिर ननिस्कन आव्हान गर्दै जनचेतनामुलक कार्यक्रमसगैँ विपन्न समुदायलाई माक्स वितरण गरेका छन् ।
सोही अभियानका क्रममा ब्रम्हचार्यले पूर्वी चितवनको राप्ती नगरपालिका स्थित कुचकुचे सामुदायिक वन क्षेत्र नजिक रहेका विपन्न ५ सय जनालाई माक्स वितरण गरेको बताए । उनी आफै गाउँमा पुगेर माक्स वितरण गरेका थिए । 

शहरमा सबैले माक्स लगाउन सक्दछन्, तर गाउँमा विपन्नमा माक्सको पहुँच देखिन् उनले भने, लकडाउन बढेसगैँ हामीलाई विभिन्न दाताहरुबाट समेत माक्स सहयोग आउन थाले, अनि सोत विपन्नलाई बाढ्न त ठिकै हुन्छ भनेर माक्स दिन थालेका छौँ ।

उनले चितवनमा धेरै सहयोगी मन रहेको भन्दै सहयोगी मनले सशस्त्र प्रहरीलाई माक्स, पन्जा र सेनिटाईजर लगायतका सामाग्रीहरु सहयोग गरिरहेको बताए । आफुहरुले सहयोगी मनले दिएको सहयोगको आफ्ना सहकर्मीलाईसगैँ विपन्नलाई पनि बाढेको बताए ।
उनले आफुहरुकोमा दाताबाट आएको सहयोगको उचित व्यवस्थापन गरेको स्पष्ट समेत पारे । अन्य सुरक्षा निकायमा दिएको के गरिएको थाहा छैन् उनले भने सशस्त्र प्रहरीलाई दिएको सहयोग सहि सदुपयोग भएको छ ।

यस्तै लकडाउन बढिरहेको वेलामालकडाउन कार्यान्वयन गराउनुको साथै एरिया डोमिनेशन तथा शंकास्पद स्थानमा चेकिङ्ग गर्नुका साथै लकडाउनका हरेक दिन माईकिङ्ग गरि सर्वसाधारणलाई सचेत गराईरहेको छ ।
गणीमाई मुख्यालय अन्र्तगतको सबै युनिटहरुले कोरोना भाईरसको रोकथाम र नियन्त्रणको लागि गणले अन्य सुरक्षा निकाय, स्वास्थ्य क्षेत्र लगायत स्थानीय प्रशासनसंग नियमित र निरन्तर समन्वय र सम्पर्कमा रहि कार्य गरिरहेको गढीमाई बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण भक्त ब्रम्हचार्यले बताए ।

ब्रम्हचार्यले विपन्न समुदायको बसोबास रहेको गाउँमा घर–घरै पुगेर कोरोनाबाट बच्न साबुन पानीले हात धुन, बिरामी परेमा तत्काल अस्पताल जान र व्यक्तिगत सरसफाइमा ध्यान दिन अनुरोध गरिएको बताए । यसरी कोरोना भाईरस विरुद्धको सचेतना अभियान सञ्चालन गरिएपछि सबै ठाउँका स्थानीय हर्षित भएको शसस्त्र प्रहरीले जनाएको छ ।