पोखरा २७ तालचोकमा लकडाउनको उल्लघंन, सामाजिक दुरी कायम गरीएन

पाेखरा : विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको बिहीबार ७३ औं दिन भएको छ ।

कोरोना भाइरस महामारीको जोखिम बढीरहेका बेला पोखरा २७ तालचोकमा सरकारले तोके बमोजिम सामाजीक दुरी कायम नगरी लकडाउनको उल्लघंन गरेका छन् ।

सरकारले लकडाउन घोषणा गरेको ३ महिना पुगिसक्दा समेत पोखराका बैक तथा बित्तिय संस्थाहरुले आन्तरिक ब्यबस्थापन गर्न नसक्दा तालचोक स्थित एभरेष्ट बैंक मा बिहिबार मानिसहरुको अत्याधिक चाप देखिएको हो ।