निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज हुदैन : मुख्यमन्त्री गुरुङ

पोखरा :  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज नहुने वताएका छन् ।

प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रम माथि सांसदले उठाएको प्रश्नको विहिवार जवाफ दिदै मुख्यमन्त्री गुरुङले पहिलो बर्ष सांसदहरुलाई दिनु हुदैन भनेर लागेको भएपनि अहिले भने खारेज नहुने बरु त्यसलाई परिमार्जन गर्नुपर्नेमा जोड दिए । सांसदहरुलाई आश्वस्त पार्दै भने, ‘तपाईहरुले नै भनेपछि ब्यवस्था गरेको हो । कार्यान्वयनमा केही समस्या छ । वरु कार्यविघि संशोधन गरौं, खारेज हुदैन ।’

यो कार्यक्रमलाई जनतासंग देखिने र सांसदहरुको मर्यादा देखाउने कार्यक्रम भन्दै मुख्यमन्त्री गुरुङले यसको कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । ‘यसलाई उत्पादन र निर्माणसंग जोडेर ल्याऔं । जनतासंग प्रत्यक्ष रुपमा जोडिने गरी ल्याऔं । फजुल खर्चलाई निषेध गरौं ।’ मुख्यमन्त्री गुरुङले भने, ‘यो कार्यक्रम जनतासंग प्रत्यक्ष जोडिने कार्यक्रम हो ।’

प्रत्यक्ष र समानुपातिकको वारेमा वरु ठोस सुझाव दिनुहोस । चालु आवमा यो कार्यक्रममा प्रत्येक निर्वाचन क्षेत्रलाई रु. २ करोड दिइएको थियो । सदनमा केही समानुपातिक र प्रतिपक्ष दलका सांसदहरुलाई यसलाई खारेज गरेर स्वाथ्य क्षेत्रमा बिनियोजन गर्न सुझाव दिएका थिए । सत्तापक्षका प्रत्यक्ष निर्वाचित सांसदले भने यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।