अपडेट : कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण

काठमाडौ : कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण देखिएको छ। यो सँगै प्रदेशमा संक्रमितको संख्या १ सय २३ पुगेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखमा थप १७ जनामा संक्रमण देखिएको हो।

त्यस्तै मुगुमा पनि एक जनामा संक्रमण फैलिएको छ। संक्रमितमध्ये एकजनाको मृत्यु भएको छ । कर्णाली सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीकाअनुसार कर्णालीका पाँच जिल्लामा संक्रमण देखिएको छ । दैलेखमा ४८ जना, सुर्खेतमा २९ जना, सल्यानमा २५ जना, कालीकोटमा १८ जना र मुगुमा १ जनामा कोरोना पुष्टि भएको छ। बाजुरा र बझाङका २ जना पनि कर्णालीमै उपचाररत छन्।