घरमा बसिरहँदा भविष्यमा हाडजोर्नीको समस्या आउनसक्छ

डा.सुजनराज पौडेल

हाडजोर्नी विशेषज्ञ, शीर मेमोरियल अस्पताल, बनेपा

लकडाउनको समय घरमै बसिरहँदा धेरै गर्दन, ढाड र हातको पाता तथा जोर्नी दुख्ने खालका समस्या देखिनथालेको छ । लामो समयदेखि घरमा बस्दा स्वास्थ्यमा ध्यान दिन नसक्दा त्यसले पछि धेरै समस्या निम्त्याउन सक्छ । यो लकडाउनको समयमासमेत साना बालबालिका तथा वयस्कमा पनि घरभित्र लडेर हात तथा खुट्टाको हड्डी भाच्चिने समस्या देखिने थालेका छन् । त्यस्तै खेती किसानी गर्न जाँदा लडने, चोटपटक लाग्ने समस्या हुने गरेको छ । घरमै बस्दा दिक्क भएर बढी मदिरा सेवन गर्ने र त्यसबाट झैझगडा भइ हड्डीको समस्यासमेत हुने गरेको छ ।

धेरै सयम घरभित्रै कोचिएर बस्ता कुन उमेर समुहमा कस्तो असर पार्छ ?

विशेष गरेर हाडजोर्नीको समस्या बालबालिका तथा ज्येष्ठ नागरिकमा छिटो देखिने भएकाले उहाँहरूलाई ख्याल गर्नु पर्छ
वयस्क मान्छेको हड्डी बलियो नै हुन्छ । वृद्धवृद्धा तथा बालबालिकालाई हाडको स्वास्थ्य बलियो बनाउन क्याल्सियम तथा भिटामिन डी प्राप्त हुने खानेकुरा खुवाउनुपर्छ ।
विशेष गरेर दूध, दही र सागसब्जी धेरै खानुपर्छ । गाउँघरमै पाउने खानेकुराबाट हामीले यस्तो कुरा पाउन सक्छौँ । त्यस्तै, माछामासु तथा सोयाबिनजन्य खानेकुरामा ध्यान दिनुपर्छ ।
सबैले माछा मासु मात्रै खानुहुन्न । हामीले कार्बाेहाइड्रेट, क्याल्सियम तथा पोट्रिनको खानेकुरा खुवाउन आवश्यक छ ।

हड्डीलाई कसरी बलियो बनाउने ?

हामीले हाड मात्रै बलियो बनाउँछौ भन्ने कुरा हैन । हाडसँगै शरीरका अरु अङ्गसमेत बलियो बनाउन सक्छौँ । हाड मात्रै बलियो बनाउने भन्ने कुरा हुन्न ।
मानव शरीरका धेरै अङ्गहरू एक आपसमा अन्तरसम्बन्धित रहेका छन् । यसमा हामीले हाडजोर्नीमा असर पर्नसक्ने र चोट लाग्नबाट जोगिनसक्ने उपायहरू अपनाउनुपर्छ ।

तनावरहित हुनुपर्छ, सन्तुलित भोजन खानुपर्छ र नियमित व्यायाम गर्नुपर्छ । आवश्यक आराम पनि गर्नुपर्छ । यो लकडाउनको समयमा सबैभन्दा जोगिनुपर्ने कुरा भनेको मद्यपान र घुम्रपानबाट हो ।
यदि हामीलाई हाडजोर्नी दुखेमा केही काम घरमै बसेर गर्न सक्छौँ । हामीले बेसिक स्ट्रेचिङ गर्न सक्छौँ । यो भन्नाले दुखेको भागको भागलाई हल्का तन्काउने गर्नुपर्छ । हामी ढाड सड्कियो भन्छौँ । अहिलेका मान्छेहरू घोप्टो परेर मोबाइल चलाउने, ल्यापटप चलाउने, ट्याप चलाउने गर्छाैँ । यसरी गर्दा हाम्रो गर्धन र पछिल्लो भागमा असर पर्छ ।

यसले निक्कै पीडा हुनसक्छ । यसमा हल्का मालिस गर्ने । तातोले सेक्ने र सर्पाेटिभ बेल्ट लगाउन सक्छौँ । ज्येष्ठ नागरिकहरूमा समस्या हुन्छ । युवा मान्छे लड्यो भने उठ्न सक्छ तर जेष्ठ नागरिक उठ्न सक्नुहुन्न । त्यसका लागि हड्डी बलियो बनाउन क्याल्सियम खाने, भिटामिन डी खान सकिन्छ । तर यो दीर्घकालीन उपाय भने हैन ।

हाडजोर्नीका बिरामीले गर्नुपर्ने अभ्यास के के हुन् ?

सामान्यतया धेरै समय मोबाइल चलाउने गर्दा गर्धनकाे मांशपेसीमा समेत समस्या देखिन सक्छ । त्यसमा घरमै मालिस गर्ने, हट ब्यागले सेक्ने गर्नुपर्छ ।
अधिकांश दुखाइ पुरानो छ र लामो समयदेखि दुखेको छ भने तातोले सेक्ने र भर्खरै हिँड्दाहिँड्दै खुट्टा फर्कियो भने त्यसलाई तातोभन्दा चिसोले सेक्न राम्रो हुन्छ । धेरै दुख्यो भने पारासिटामोलसम्मको प्रयोग गर्न सकिन्छ । तर त्योभन्दा माथिको औषधि चिकित्सकको सल्लाहबेगर खानुहुँदैन । काेराेना महामारी चलेकाे बेला आइबाेप्राेफेन समूहको औषधि प्रयाेग गर्नुहुँदैन ।

युरिक एसिडको बिरामीलाई के गर्ने ?

युरिक एसिड रगतसँग सम्बन्धित छ । यो रोग रक्तसञ्चालनमा युरिक एसिडको कण घुम्ने भएकाले यो सबै अङ्गसँग सम्बन्धित रहेको छ ।
अझ धेरै हाडसँग छ । हामीले यसलाई मेटाबाेलिक बाइप्रोडक्डका रुपमा हेर्छाैँ । हामीले खाएको प्रोटिन पचेपछि शरीरले युरिक एसिड बनाउँछ । याे भएपछि विशेष गरेर खुट्टाको जोर्नीहरूमा देखिन्छ । यसले गर्धन र मेरुदण्डमा असर पा-र्याे भनेर भन्न सकिँदैन ।

यसले हात तथा खुट्टाको जोर्नीहरूमा दुख्छ । यो विशेष गरेर रातको समयमा दुख्छ । यो समयमा आइसप्याक उपयोगी हुन्छ । दुखेको भागमा ब्याडेन्ज गर्ने काम गर्नुपर्छ । यसको लेभल हेर्न अस्पताल आउनुपर्छ ।
युरिक एसिडको कारणले हुने दुखाइ र जोर्नीकाे सङ्क्रमणकाे कारण हुने दुखाइ उस्तै हुन्छ । चिकित्सक बाहेक अरुले यसको भेद थाहा पाउन सक्दैन । युरिक एसिडको दुखाइ हुँदा खाना बार्ने, केही औषधिको प्रयोग गर्ने गर्न सकिन्छ र निको हुन्छ । तर हाडको जोर्नीको सङ्क्रमणले निक्कै समस्या पार्छ । चिकित्सकले अप्रेसन नै गर्नुपर्छ । युरिक एसिड भयो भनेर ढुक्कसँग बस्नु हुँदैन । कहिलेकाहीँ हाड जोर्नीको समस्याको कारणले पीपसमेत जमेर बसेको हुन सक्छ । त्यसलाई हामीले ढुक्क भएर बस्नुहुन्न ।

हाडजोर्नीको शल्यक्रिया गरेकाले के कुरामा ध्यान दिनुपर्छ ?

पुरानो शल्यक्रिया तथा केही कारणले शरीरमा राखेको स्टिलको कारणले क्यान्सर होला भनेर मान्छेमा भ्रम छ । हामी डाक्टरले शल्यक्रियाको समयमा पक्कै पनि नराम्रो कुरा राख्दैनौँ । कसैलाई क्यान्सर गराउन चाहँदैनौँ ।
यदि स्टिलको कारणले पीडा भएको छ भने त्यसलाई निकाल्न पनि सकिन्छ । त्यो काम हामीले कोरोनाको कहरपछि पनि गर्न सक्छौँ ।
जोर्नी प्रत्यारोपण गर्ने समस्या छ भने त्यो लामो समयदेखिको समस्या हो । यो पछि पनि हामीले गर्न सक्छौँ । तर टुटेफुटेको हड्डीमा लेप लगाएर, चिप्ले कीरा खाएर बस्नु भएन । यो जोखिमपूर्ण हुन्छ । यो अवस्थामा अस्पताल आउनहुन अनुरोध छ ।

समुदायस्तरमा समेत स्वास्थ्यकर्मी हुनुहुन्छ । स्वास्थ्यकर्मी घर नजिक हुँदा हामी सुरक्षित रहेको महसुस गर्छाैँ । तर पछिल्लो समय स्वास्थ्यकर्मीलाइ नै फरक रुपमा हेर्ने गरिन्छ । अस्पतालबाट फर्कँदासमेत उनीहरूप्रति भेदभाव भएको हुन्छ । स्वास्थ्यकर्मीले आफू जोगिन र अरुलाई जोगाउन जानेको हु्न्छ । त्यसैले भेदभाव स्वास्थ्यकर्मीमा नहोस् भन्ने चाहना छ । हेल्थ केयर पर्सनलले पनि पिपिइ प्रयाेग नगरेकाे अत्यधिक सुन्छौँ । पिपिइ हुन धेरै कुरा चाहिन्छ । त्यसमा पन्जा, ग्लभ्स, चस्मा सबै हो ।  हामीले राम्रोसँग त्यसको प्रयोग गर्नुपर्छ । हामी सबैले पिपिइ लगाएका छौँ । किराना पसलेले पिपिइ लगाउन जरुरी हुन्न । उहाँले मास्क लगाउने, हात राम्रोसँग धुने काम गर्नुपर्छ । स्यानिटाइजरभन्दा हात धुनु राम्रो हो ।