अर्थतन्त्र जगाउने बजेट आएन : मन्त्री गुरुङ

पोखरा : गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले संघीय सरकारले ल्याएको बजेट संघीयताको मर्म र भावनाअनुसार नभएको बताएका छन् । कोरोना भाइरस (कोभिड–१९) ले निम्त्याएको संकटको समाधान र संघीयता कार्यान्वयनलाई बलियो बनाउने गरी बजेट आउन नसकेको गुरुङले बताएका हुन् ।

बजेटले अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने र निजी क्षेत्रलाई जगाउने काम नगर्ने उनको निष्कर्ष छ । साथै, आर्थिक मामिला तथा योजनामन्त्री गुरुङले प्रदेश र स्थानीय तहमा वित्तीय समानीकरण अनुदान बढाउनुपर्नेमा सशर्त अनुदान पठाउने मोडललाई बढावा दिएको बताए ।