मौसम देशभर बदली, मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । हािले देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम छ भने नेपालको पुर्वी भू–भाग नजिकै निम्न चापीय रेखा रहेको छ र स्थानीय वायुको पनि प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशको पश्चिमी भू–भाग लगायत मध्य तथा पुर्वी पहाडी भू–भागमा सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्य बदली रहनेछ।m देशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राती देशको पुर्वी तथा मध्य भू–भाग लगायत पश्चिमी पहाडी भू–भागहरुमा सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहनेछ । पुर्वी र मध्य भू–भाग लगायत पश्चिमी पहाडी भू–भागका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।