आमाको हत्यापछि युवकद्वारा आत्महत्या

विराटनगर : बिहीबार सामान्य विवादमा आमाको हत्या गरी एक युवकले आत्महत्या गरेका छन् । मोरङको बेलबारी नगरपालिका– ४ काकुमका ३१ वर्षका जीवन लिम्बूले आमाको हत्यापछि आत्महत्या गरेका हुन् ।

खाना खाने विषयमा बिहीबार सामान्य विवादका हुँदा छोरा जीवनले आमा ६१ वर्षकी देवीकुमारी लिम्बुलाई चुल्होबाट इँटा निकालेर टाउकोमा प्रहार गरेका थिए । छोराले इँटा प्रहार गर्दा आमाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

आमाको हत्यापछि आफ्नै घाँटी रेटेका लिम्बुको स्थानीय नोबेल सामुदायिक अस्पताल बेलबारीका उपचारका क्रममा मृत्यु भएको हो ।