चितवनमा फेरि बिक्रि नभएपछि तरकारीबारी मै चल्यो ट्याक्टर !

चितवन : चितवनमा तरकारी बिक्रि नभएपछि सिकानहरुले फेरि रकारीसहितनै जोत्न सुरु गरेका छन् । यसअघि विचौलिया हावी भाउ नपाउदाँ तरकारीसहित खेत जोतेका किसानले यो पटक भने लकडाउनका कारण तरकारी बारीमै जोतेको बताए ।
खैरहनी नगरपालिकामा गत वर्ष पनि तरकारीले मुल्य नपाएपछि यहाँका किसानले डोजरनै चलाएका थिए । खैरहनी १ वहेराका किसान बासुदेव सापकोटाले १२ वर्ष पछि तरकारी खेतीमा ट्याक्टर लगाएर जोताउन वाध्य भए । यस पटक लकडाउनले गर्दा वजार मुल्य नपाएपछि किसान सापकोटाले भिन्डीबारीमा हाईरो लगाएका छन् । उनले सात कठ्ठा जग्गामा भिन्डी लगाएका थिए । वैशाख महिनामा उनले १२ हजार रुपैयाको मात्र भिन्डी विक्री गरे । त्यसयता उनको भिन्डीले वजार पाएको छैन् । लकडाउन लम्विदा प्राय धेरै किसान मारमा परेका छन् । किसान सापकोटाले आफ्नो परिश्रमबाहेक ७ कठ्ठामा ६५ हजार रुपैया खर्च गरेर भिन्डी लगाएका थिए ।
सुरुमा केही विक्री भयो,अहिले सित्तैमा लैजान समेत मान्दैनन् किसान सापकोटाले भने – बोटमा छिप्याएर राख्नु भन्दा जोतेर अर्को बालीको तयारी गर्न उपयुक्त ठाने । १२ वर्ष अघि प्रतिकिलो २ रुपैयामा झरेपछि उनले त्यो बेला पनि ट्याक्टर लगाएका थिए । त्यहीकै स्थानीय कृष्ण प्रसाद सापकोटाले २३ कठ्ठामा तरकारी खेती गर्दै आएका छन् । त्यस मध्ये ६ कठ्ठामा भिन्डी लगाएका छन् । अन्य तरकारीले वजार पाए पनि भिन्डीले भने मुल्य नपाउँदा उनी निरास छन् ।
भिन्डीसंगै जोडिएको जग्गामा मकै खेती गरेकाले एकै पटक जोत्ने तयारीमा उनी छन् । विदेशबाट फर्केर स्वदेशमै तरकारी खेती सुरु गरेका उनले यसैबाट छोराछोरी पढाउने,घर खर्च चलाउने गरेका छन् । तरकारी खेती गर्ने किसानलाई उनीहरुले उत्पादन गरेको वस्तुको समर्थन मुल्य सरकारले तोक्नु पर्ने उनको भनाई छ । लागत मुल्य समेत नपाउने अवस्था छ किसान सापकोटाले भने – सरकारले न्युनतम मुल्य तोकेर उत्पादित वस्तुको वजार ग्यारेन्टी गर्नुपर्छ ।
उनीहरुले स्थानीय ग्रामिण ताजा तरकारी तथा फलफुल उत्पादक सहकारी संस्था मार्फत तरकारी विक्री गर्दै आएका छन् । सहकारीका अध्यक्ष पूर्णदत्त जैसी क्षेत्रीले लकडाउनका कारण तरकारी संकलनको काम वन्द भएको वताए । यहाँ उत्पादन भएको तरकारीको मुख्य वजार नारायणगढ,काठमाडौ र पोखरा हो । अन्य जिल्ला लैजान अहिले समस्या छ सहकारीका अध्यक्ष जैसीले भने विचौलिया हाबी हुँदा तरकारीले उचित मुल्य पाउन सकेन । उनका अनुसार वजारमा उपभोक्ताले खरिद गर्दा प्रतिकिलो भिन्डीको एक सय रुपैया सम्म पर्ने गरेको छ । खैरहनी वडा नम्वर १ मा अहिले ३ सय किसान व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । तीन सिजन यहाँ तरकारी उत्पादन हुन्छ । सहकारीका अध्यक्ष जैसीका अनुसार खैरहनी वडा नम्वर १ बाट मात्रै वार्षिक ९ करोडको तरकारी उत्पादन हुदै आएको छ । यहाँ भिन्डी,बोडी,वन्दा,काउली,गोलभेडा लगायतको तरकारीखेती हुदै आएको छ ।